Tag Archives: झडप

कैलालीमा कति प्रदर्शनकारी मारिए ?

kailali

काठमाण्डु, ८ भदौ– थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेको थारु सभासदहरुको टोलीले प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् ।
उनीहरुले मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको आरोपसमेत लगाएका छन् ।
सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् ।
सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए ।
थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।
काठमाडुटुडे/ फाईल तस्बिर

नेपालगंजमा झडप पछि निशेधाग्या, पूर्वमन्त्रीसहित नेताहरुमाथि लाठी चार्ज

Nepalgunj 3
हुलाकी न्यूज, नेपालगंज ६ भदौं । नेपालगंजमा झडप पछि निशेधाग्या जारी गरिएको छ । साँझ बन्दकर्ता तथा बन्द खुलाउनेबीच तनाव भएपछि अहिले साँझबाट निशेधाग्या जारी गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारीका अनुसार राँझा चौकदेखि जमुनाहा बोर्डरसम्म र फुलटेकर चौकदेखि नन्दी मिलसम्म अर्को सूचना जारी नभएसम्मका लागि निशेधाग्या जारी गरिएको हो ।

पूर्वमन्त्री इस्तियाक रायसहितका नेतारुमाथि लाठी चार्ज

साँझ बन्दकर्ता तथा बन्द खुलाउनेबीच तनाव उत्पन्न भएको थियो । दुवै समूहबीच झडप हुन लाग्दा प्रहरीले गरेको लाठी चार्जमा मधेशी मोर्चाका नेताहरु घाइते भएका छन् ।
पूर्वमन्त्री इस्तियाक रायसहित विजय गुप्तालगायतका नेतामाथि लाठी चार्ज गरिएको छ । उनीहरु समान्य उपचारपछि घर फर्केका छन् ।
अहिले नेपालगंजको विभिन्न चौकमा व्यापक प्रहरी परिचालन गरिएको छ । मधेशी मोर्चाका नेताहरुले आइतबार दिउँसोदेखि प्रदर्शनलाई कडा गरे पछि गैरमधेशी पार्टीका कार्यकर्ताहरुले बन्दको विरोधमा लाठीसहित प्रर्दशनमा उत्रेका थिए ।