मधेशको तीन जिल्लामा सेना परिचालन

Nepal army
हुलाकी न्यूज, काठमाडौं ७ भदौ । सोमबार दिउँसो बसेको सुरक्षा परिषद्को बैठकले मधेशका तीन जिल्ला सर्लाही, रौतहट र कैलालीमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।
कैलालीमा सुरक्षाकर्मी र प्रर्दशनकारीको मृत्यु भएपछि सरकारले कैलालीसहित मधेशका तीन जिल्लामा सेना परिचालनको निर्णय गरेको सुरक्षा श्रोतले जनाएको छ ।
गृहमन्त्रीको उपस्थितिमा सुरक्षा परिषद्को बैठकले उक्त निर्णय गरेको हो । यसअघि सेना परिचालन हुने गृहमन्त्री गौतमले संसदलाई जानकारी दिए ।

Leave a comment